arrow

सांसद शर्माको केएमसीको टोली कपनमा, ५४१ बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
kmc-81-4-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कपनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

नप्ट्से क्राफ्टको आयोजनामा भएको शिविरमा ६२१ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ९७ जनाको भिडियो एक्सरे, ७५ जनाको ईसीजी, ८८ जनाको ल्याब परीक्षण गरिएको थियो भने २२ जनाको दाँत निकालिएको थियो । 

त्यस्तै २७ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ