arrow

टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो : मन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
prithivisubba-gurung-minister.jpg

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो औँल्याएका छन् ।

पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रबार निरीक्षणका क्रममा उनले टेलिकमको सेवालाई समयसापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने बताए ।

“अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्न सक्छ”, मन्त्री गुरुङले भने, “तीन/चार वर्षअघि रु ६० अर्ब आम्दानी हुने गरेकामा अहिले कसरी रु ३० अर्बमा झर्यो अब समीक्षा गर्ने बेला आएको छ ।”

उनले एक वर्षभित्रमा टेलिकमलगायत संस्थामा नीतिगत र व्यवस्थापकीय सुधार गर्ने गरी मन्त्रालयले योजना बनाएको उल्लेख गरे ।

मन्त्री गुरुङले इन्टेरनेट सेवाको विस्तारले नेपाल टेलिकमको भ्वाइस तथा डाटाको प्रयोग कम हुँदै गएको उल्लेख गर्दै टेलिकमले सोही किसिमको प्रविधि र जनशक्ति तयार गर्नुपर्ने बताए ।

मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिएको बताए ।

उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई धेरै पुराना भएकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ