arrow

कालीगण्डकीको छालले कृषि फार्ममा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
kaligandaki-krishi-fram.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ ।

अन्नपूर्ण-२ कटुञ्जको भिरबाट कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपंक्षी फार्ममा क्षति भएको हो ।

गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठसय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण-२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपिएको छ ।

फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखुरा मरेका र दाना काम नलाग्ने भएको बताए ।

कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो ।

जनप्रतिनिधि र प्रहरीको टोलीले १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ