arrow

माछापुच्छ्रे बैङ्क र इ-क्यान झापाबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
mbl-ecan-jhapa-mou.jpg

काठमाडौं। माछापुच्छ्रे बैङ्क र नेपाल शैक्षिक परामर्श सङ्घ (इ-क्यान-झापा) बिच विशेष बैङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा इ-क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैङ्कको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरे।

सम्झौता पश्चात् इ-क्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैङ्कले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैङ्किङ सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउनेछ। साथै  इ-क्यानमा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउनु हुने सेवाग्राहीले सहज र सरल ढङ्गले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट भुक्तानी मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैङ्कका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।

माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैङ्किङ सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ