arrow

जसपा नेपालको बैठकमा पार्टी सङ्गठनबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
jasapa-nepal-81-4-27.jpg
फाइल तस्बिर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा पार्टीको सङ्गठनबारे छलफल भइरहेको छ । 

ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनलगायत विषयमा छलफल चलिरहेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।

जसपा नेपालको यही साउन ३० गतेसम्म सञ्चालन हुने बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । वर्तमान भू-राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

यस्तै पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुने पार्टीका प्रवक्ता सुमनले जानकारी दिए । 

उनका अनुसार स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुनेछ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभा) लगायत आवश्यक कार्यक्रम सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने जसपाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ