arrow

राष्ट्रिय युवा नीति भदौभित्रै आउँछ – मन्त्री चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
tejulal-chaudhary-81-4-28.jpg

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री चौधरीले भने, 'निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जाजकारी म तपाईंहरुलाई गराउन चाहन्छु ।' 

उनले स्वस्थ्य, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको बताए । उनले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए । 

उनले सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताए । 

‘सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको छ', उनले भने । 

उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको बताए । उनले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताए । 
 
उनले भने,'दीगो विकासका लक्ष्य प्राप्तिका लागि मोबाइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको छ । यसले आर्थिक, सामाजिक वातावरणीय आयामहरुमा गहिरो प्रभाव पार्नुका साथै नीति निर्माणका लागिसमेत आधार तय गर्दै गएको छ ।'

मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रुपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भूमिकाबाट युवा उद्यमशीलतामा जोड दिए । उनले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए ।

'समृद्ध नेपालका लागि युवा र प्रविधि उत्तम प्रयोग गर्न सक्नुपर्छ । स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक छ । नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक छ', उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ