arrow

नेपाल-भारतका संयन्त्रहरुको बैठक नियमित गर्नेबारे दुई देशका सचिवबीच छलफल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
amrit-rai-foregin-ministry.jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्री र पररराष्ट्र मन्त्रालयकि सचिव सेवा लम्सालबीच भेटवार्ता भएको छ । विदेशसचिव मिस्रीले सोमबार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकि सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतीहरु तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समिक्षा गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । 

उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरुको बैठक नियमित गर्ने विषयमा पनि कुराकानी भएको बताए । 

उनले भने – ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरुको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुराहरु समग्रमा छलफल भएको हो । खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन । भारतीय विदेश सचिव उहाँको परिचयात्मक भ्रमणमा आउनुभएको हो । त्यो विषय भएपनि सबै विषयहरु छलफल भएको छ । भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजनाहरु छ । हामी दुई देशका बिचमा विभिन्न संयन्त्रहरु छ । त्यो संयन्त्रहरुको बैठक सबै सुचारु रुपमा आगामी दिनमा गर्नुपर्छ भन्नेदेखि लिएर अगाडी कसरी जाने भन्ने विषय हो । यो भन्दा अगाडी पनि जब भारतमा नयाँ विदेश सचिवको नियुक्ति हुन्छ । उहाँले छिमेकी मुलुकहरुको भ्रमण गर्नुहुन्छ । त्यही क्रममा उन नेपाल आउनु भएको हो । विगतमा भएका हाम्रा जुन सहमतीहरु छन्, भारतीय सहयोगबाट सञ्चालित विभिन्न कार्यक्रमहरु छन् । द्धिपक्षिय थुप्रै संयन्त्रहरु छ । तिनीहरुलाई कसरी आगामी दिनमा क्रियाशील बनाउने भन्ने विषय नै हो मुख्यत्ः।’

उनले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकि परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए । भेटका क्रममा कुनै सहमती वा समझदारीहरु नभएको उनले स्पष्ट पारे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ