arrow

सांसद शर्माको केएमसीको टोली रामघाटमा, ५१५ बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
kmc-81-5-1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले रामघाटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

रामघाटको शान्ति निकुञ्ज माविमा आफ्नै आयोजनामा भएको शिविरमा ५१५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ८५ जनाको भिडियो एक्सरे, ६८ जनाको ईसीजी, ९२ जनाको ल्याब परीक्षण गरिएको थियो भने २२ जनाको दाँत निकालिएको थियो । 

त्यस्तै ५२ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ