arrow

राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्छ- पूर्वराष्ट्रपति भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
bidhyadevi.jpg

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताइन्की छन् । वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताइन्की हुन् । उनले कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताइन् । 

गणेश पण्डितको मूल्यांकन पनि सोही कोणबाट गर्नुपर्ने बताइन् । उनले स्व. पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण गरिन् । उनले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा हामिनु महत्वपूर्ण भएको बताइन् ।
 
उनले भने, ‘कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार हामीले मापन र मूल्यांकन गर्नुपर्छ । गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरििन्नुपर्छ । २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि व्यवस्थाको विपक्षमा उन जनपक्षिय राजनीतिमा होमिनुभएको थियो । व्यक्तिगत लाभका अनेकौँ अवसरहरु थिए होलान् । तर तिनीहरुलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित हुनुभएका स्व. पण्डितले पञ्चायती कालरात्रीको समयमा अनेक यातना र जेलनेल भोग्दा समेत राजनीतिक कष्टपूर्ण यात्रामा राजनीतिमा होमिए । त्यसैले अफ्ठ्यारो परिस्थितिमा समेत निडरताका साथ देश र जनताको पक्षमा उभिए ।’ 

पूर्वराष्ट्रपति भण्डारीले अफ्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ