arrow

भ्रमण परराष्ट्रमन्त्रीको

परराष्ट्र सम्बन्धमा चुनौतीको पहाड भए पनि राम्रो अवसर- पूर्वराजदूत उपाध्याय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
deepak-updhaya.jpg

काठमाडौँ । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकूल सरकार भएको टिप्पणी गरेका छन् । 
नवनियुक्त परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदूत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकूलको सरकार बनेको बताए । 

पूर्वराजदूत उपाध्यायले परराष्ट्र मन्त्री डा. राणा इमानदारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्न सक्ने बताए । नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरूपता दिन आवश्यक रहेको बताए । समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउन सके धेरै काम गर्न सकिने बताए । 

उनले कूटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिए । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताए । सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्र मन्त्री देउवालाई सुझाव दिए । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ