arrow

नगरकोट जङ्गलमा हराएका पर्यटकहरुको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
nagarkot.jpeg
फाइल तस्बिर

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ । 

पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिऐ ।

पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा आह्वान गरेका थिए। 

लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जङ्गलमा खोजी गर्ने क्रममा हलहले खोप (खोल्ची) क्षेत्रमा उनीहरू फेला परेका थिए ।

हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ