arrow
ADVERTISEMENT

कुलमानविरुद्ध अख्तियारमा निवेदन दिने रमेश खरेलमाथि नै उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
ramesh-kharel-81-5-1.jpg

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

पूर्व प्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाउँदै उजुरी दिएका हुन् । 

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिशन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वार्ताको क्रममा  बताएका थिए ।

वास्तविक  सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलको छ ।

 गत निर्वाचनमा उनी राष्टिय स्वतन्त्र पार्टीको तर्फवाट बारा २ मा प्रतिनिधिसभाको उम्मेदवारसमेत थिए । पछि उनले राजीनामा दिएर हिँडेका थिए । 

खरेलले केही दिनअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङविरुद्ध अख्तियारमै उजुरी दिएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ