arrow

जग्गा विवादमा दिदीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
Myagdi_District.png
फाइल तस्बिर

पोखरा । म्याग्दीमा आइतबार साँझ एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका वडा नं. ३ डाँडागाउँको गलकोटमा ४३ वर्षीया बिनाकुमारी विककाे हत्या भएकाे हाे ।

हत्या उनकै नाताले भाइ पर्ने ३५ वर्षीय दलबीर श्रीपालीले गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सोही वडाका वडाध्यक्ष मोतीप्रसाद बुढाका अनुसार जग्गा विवादमा घटना भएको हो । विवादकै बिचमा दलबीरले बिनाकुमारीमाथि बञ्चरो प्रहार गरेका थिए ।

बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा राखिएको छ ।

घटना लगत्तै भागेका दलबीरलाई सोही वडाको खेतन गाउँस्थित आफन्तको घरबाट राति ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ