arrow

गुडिरहेको बसमाथि पहिरो, दुई जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
bus-beni-jomsom.jpg
तस्बिर साैजन्य : राजु राम्जाली ।

पोखरा । पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको यात्रु बसमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा बेनी नगरपालिका वडा नं ४ की २१ वर्षीया पूजा खड्का र गुल्मी इस्मा गाउँपालिका वडा नं २ घर भई हाल पोखराको लेखनाथ बस्दै आएकी ३२ वर्षीया मीना नेपाली छन् ।

दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा ग१ख ७७१७ नम्बरको बसमाथि आज दिउँसो करिब २ बजे पहिरो खसेको हो ।

सडक माथिबाट एक्कासि आएको पहिरोसहितको ढुंगाले लागेर साे घटना भएको प्रहरीले जनाएको छ ।

पहिरोसँगै ठूलो ढुंगो बसको ढोकैमा आएर ठोक्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ