arrow

जीप दुर्घटनाका गम्भीर घाइतेलाई सुर्खेत पठाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
simrik.jpg
फाइल तस्बिर

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।

आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटना भएको थियो । दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका-२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायाँनाथ नगरपालिका-१३ का रमेश मल्ल र रारा छायाँनाथ-१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत पठाइएको हो ।

यस्तै दुर्घटनाका घाइते बाजुराको बूढीनन्दा नगरपालिका-४ का सवारी चालक महेन्द्रविक्रम शाह, १५ वर्षीय रविन शाही र चङ्खेली गाउँपालिका-२ का मायादेवी शाहीको अवस्था सामान्य रहेको छ ।

तीनै जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिए ।

कर्णाली प्रदेश ०२-००१ च ०९२२ बोलेरो जीप आज बिहान ८ बजेतिर दुर्घटनामा परेको थियो । सडकबाट एक सय ५० मिटर तल खसेको जीप स्थानीय खड्कबहादुर शाहीको घर पछाडिपट्टी अड्किएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ