arrow

कफलकोटमा मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
accident-final.jpg

बैतडी । बैतडीमा बिहीबार साँझ मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सुपप्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै दुर्घटनामा भएको हो ।

ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

सरिया र सिमेन्ट बोकेको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मिनी ट्रक सडकबाट ६० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ