arrow

पर्यटन प्रवर्द्धनसहितका सरकारका चार शर्त [भिडियो]

ओलीले हटाए प्रचण्ड नेतृत्वको सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
subba-05-07.jpg

काठमाडौँ । सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त राखेको छ । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले राखेका सर्तहरू पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

साथै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० साल असोज २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको छ । '

उनले सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्ने गरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने बताए । 

मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्ने गरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ