arrow

तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा खेल्न नेपाली टोली मकाउमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
taekwondo-makau.jpg

काठमाडौँ । तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गरेको छ ।

    भदौ ८ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६८ केजीमुनि डेनिड विक र विमल रोकाया, ८० केजीमुनि सुरज कार्की, ३६ केजीमुनि असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रबलविक्रम बानियाँले प्रतिस्पर्धा गर्ने   छन् । महिलाको एकल पुम्सेमा मुना खवास मगर, ४२ केजीमुनि विनिशा प्रधान, ५५ केजीमुनि अन्जली लामा र एकल पुम्सेमा अनुजा राईले खेल्ने छन् ।

    टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ रहेका छन् भने अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

    निर्णायक घिसिङका अनुसार मकाउमा रहेका ओमप्रकाश खड्काले ८७ केजीमुनि तथा हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनि सोही प्रतियोगितामा सहभागिता जनाउने छन् । टोली प्रमुखका रुपमा मकाउमै रहेका नेत्रबहादुर तिमल्सिना रहेको निर्णायक घिसिङले जानकारी दिए ।
    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ