arrow

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु भएको पुष्टि, १० जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
bus-accident-marsyangdi.jpg

तनहुँ । मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलबाट उद्धार गरी आँबुखैरेनी अस्पतालमा लगिएका ३० घाइतेमध्ये १४ जनाको मृत्यु भएकाे घोषणा गरिएकाे इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।

बसमा ४० जना यात्रु रहेकोमा १० जना अझै बेपत्ता रहेको र उनीहरुको गोताखोरको टोलीद्वारा खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान करिब ११:३० बजे ऐनापहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

बस पृथ्वीराजमार्गबाट करिब १ सय ५० मिटर तल नदीमा खसेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ