arrow

मन्त्रिपरिषद् बैठकका निर्णय 

यी हुन् भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियो]

विज्ञापन बोर्ड र सुरक्षण मुद्रणमा १६ अधिकृत स्तरको दरबन्दी सिर्जना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
subba-05-07-01.jpg

काठमाडौँ । सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आ.व. २०८१÷८२ का लागि १६ अधिकृत स्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ । २०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको जानकारी गराए । 

त्यस्तै सरकारले २०८१ भदौ ११ देखि १३ गतेसम्म उज्बेकिस्तानमा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको । प्रवक्ता गुरुङका अनुसार सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने, २०८१ कात्तिक २२ देखि २४ सम्म कोलम्बियाको बोगोटामा आयोजना हुने फर्स्ट ग्लोबल मिनिस्टिरियल अन इन्डिङ भायोलेन्स एगेनिस्ट चिल्ड्रेनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिब ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, २०८१ भदौ २७ र २८ मा ब्राजिलमा आयोजना हुने वान प्लानेट नेटवर्क फोरम, २०२४ कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने र ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ । 

उनले भने, ‘२०८१ भदौ ११ देखि १३ गतेसम्म उज्बेकिस्तान मा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने । 

नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने । 

राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने । 

२०८१ कात्तिक २२ देखि २४ सम्म कोलम्बियाको बोगोटामा आयोजना हुने फर्स्ट ग्लोबल मिनिस्टिरियल अन इन्डिङ भायोलेन्स एगेनिस्ट चिल्ड्रेनमा सहभागी हुन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने । 

काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिब ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने । 

२०८१ भदौ २७ र २८ मा ब्राजिलमा आयोजना हुने वान प्लानेट नेटवर्क फोरम, २०२४ कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने । 

ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने । 

सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका सर्तहरू पालना गर्ने गरी हटाउने । 

विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आ.व. २०८१÷८२ का लागि १६ अधिकृत स्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने ।’ 

सरकारले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका सर्तहरू पालना गर्ने गरी हटाउने निर्णय गरेको पनि प्रवक्ता गुरुङले बताए ।
 



नयाँ