arrow

पोखरा आउँदै गरेको बसमाथि ढुंगा खसेर पल्टियो, २५ यात्रु घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
bus-mugling-sadak.jpg

पोखरा । रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग२ख ४७ नम्बरको बसमाथि आज दिउँसो करिब १ः५० बजे सडक माथिबाट ढुंगा खसेर लाग्दा पल्टिएको छ ।

मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सत्रकिलोमा बसमाथि ढुंगा खसेर लाग्दा बस सडकमै पल्टिएको हो । सो दुर्घटनामा पोखरा महानगर नगरपालिका वडा नं. १७ की ४० वर्षीया सावित्री थापासहित २५ जना यात्रु घाइते भएका छन् ।

जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । बसमा ३५ जना यात्रु रहेको अनुमान गरिएको छ । बसमा एक्कासी ढुंगा बजारिएपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको बताइएको छ ।

प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार सबै घाइतेको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ