arrow

मर्स्याङ्दीमा खसेको बसमा मृत्यु हुने २७ पुगे, १६ को शिक्षण अस्पतालमा उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
bus-accident-marsyangdi.jpg

पोखरा । तनहुँको आबुँखैरेनी-२ स्थित ऐनापहरामा भएको भारतीय पर्यटक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बस दुर्घटनामा २७ जनाको मृत्यु भएको र १६ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते सबैलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको काठमाडौँ महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ जाँदै गर्दा आज बिहान ११ः३० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐनापहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा चालकसहित ४३ जना यात्रु रहेको बताइएको छ ।

सो बस भदौ ४ गते बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बताइएको छ । पर्यटकलाई भैरहवाबाट पोखरा घुमाएर काठमाडौँ लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो ।

बसमा रहेका सबै यात्रु भारतीय नागरिक रहेको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ