arrow

स्कुटर दुर्घटनामा सुशान्तकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
sushant-gurung.jpg

पोखरा । पोखरा सिर्जनाचोकमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पर्वतको पैयु गाउँपालिका वडा नं ७ हिले घर भई हाल पोखराको औद्योगिक क्षेत्र बस्दै आएका ३३ वर्षीय सुशान्त गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ सवार ग२१प ५४५० नम्बरको स्कुटर सिर्जनाचोकस्थित आकाशेपुलको पिल्लरमा ठोक्किँर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मेट्रोसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार गुरुङ पोखराको जाल्पारोडस्थित धौलागिरी दोहोरी साँझमा कार्यरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ