arrow

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु भएका सबैको शव भारत लगियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
bus-accident-marshandgi-ind.jpg

चितवन ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ । 

जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् ।

पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको थियो ।

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव भारतीय सेनाको जहाजबाट लागेको हो । राज्यमन्त्री रक्षा खड्से आजै नेपाल आएकी थिइन् । 

उनी काठमाडौँमा महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएपछि चितवन पुगेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ