arrow

बाराका तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटनाग्रस्त, ३६ घाइतेमध्ये पाँच गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
bus-accident-bara-bihar-81-5-9.jpg

काठमाडौँ । भारतको बिहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । 

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ