arrow

सांसद शर्माको केएमसीको टोली टुँडिखेलको गौरापर्वमा, निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
kmc-81-5-10-tundikhel.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सोमबार राजधानीको टुँडिखेलमा भएको गौरापर्वमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसी र पिपुल्स डेन्टल कलेज र हस्पिटलको आयोजनामा टुँडिखेलमा भएको शिविरमा निःशुल्क औषधिसहित १३ जनाको स्वास्थ्यटोली खटिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

दाहालले उल्लेख्य संख्यामा उपचार गरिएको बताए । हजारौँको संख्यामा उपस्थिति उक्त पर्व सुदूरपश्चिमको महान् पर्वमा पर्दछ । 

गौरामा हरेक वर्ष केएमसीको टोली खटिँदै आएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ