arrow
ADVERTISEMENT

जर्मनीले अफ्रिकालाई एक लाख मंकिपक्स खोप दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
monkeypox-test.jpg

काठमाडौँ । जर्मनीले अफ्रिकाका मंकिपक्सबाट पीडित देशहरूलाई एक लाख एमपोक्स खोपको खुराक दान गर्ने सरकारले जनाएको छ । 

सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले पत्रकारहरूलाई खोपहरू जर्मन सैन्य स्टकहरूबाट आउने र ‘छोटो अवधिमा’ उपलब्ध गराइने जानकारी दिए ।

उनले यसको उद्देश्य ‘अफ्रिकी महादेशमा मंकिपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्नु हो’ भने ।

रक्षा मन्त्रालयलका अनुसार उक्त कदमबाट जर्मनीले आफ्नो करिब सबै मंकिपक्स खोप भण्डार अर्थात करिब एक लाख १८ हजार खुराक दान गर्नेछ ।

जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको हेबेस्ट्रेटले बताए ।

मध्यम अवधिमा जर्मनीले अफ्रिकी सङ्घलाई स्थानीय खोप उत्पादन स्थापनार्थ सहयोग गर्न युरोपेली साझेदारहरूसँग काम गर्नेछ ।

डब्ल्यूएचओले यस महिना प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा मंकिपक्स केसहरूको वृद्धिलाई विश्वव्यापी स्वास्थ्य आपत्कालीन घोषणा गरेको छ । सङ्गठनले खोपको उत्पादन र साझेदारीका लागि पनि आह्वान गरेको छ ।

प्रभावित देशहरूलाई एक लाख मंकिपक्स खोप खुराक दान गरिरहेको फ्रान्सले गत हप्ता घोषणा गरेको थियो । अमेरिकाले कङ्गोलाई ५० हजार खोप दान गर्ने बताएको छ ।

उक्त भाइरस सम्पूर्ण कङ्गोमा फैलिसकेको छ । यस वर्ष हालसम्म कङ्गोमा पाँच सय ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डा जस्ता अन्य देशमा जुलाईदेखि प्रकोप रिपोर्ट गरिएको छ । युरोपमा पहिलो केस यस महिनाको सुरुमा स्विडेनमा रिपोर्ट गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ