- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का १८ पदाधिकारीका लागि निर्वाचन हुन लागेपछि केन्द्रीय सदस्यहरुमा निराशा छाएको छ । सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा रहेका केन्द्रीय सदस्यहरुको प्रयास असफल भएपछि निराशा छाएको हो ।
सोमबार साँझसम्म वरिष्ठ उपाध्यक्षका लागि भिडन्त गरेका प्रमेश हमाल र बेदुराम भुषाल पछि हटेर भोजपुरका घनेन्द्र बस्नेत र धादिङका राजेन्द्र पाण्डे भिडन्तमा लागेका छन् ।
निर्वाचनमा जाँदा बेदुराम र प्रमेश दुवैले हार्ने भएपछि बस्नेत अघि सरेको बताइन्छ । त्यसैगरी माधवकुमार नेपाल निकट रहेका नेताहरु राजेन्द्र राई, लक्ष्मण केसी र मेटमणी चौधरी उपमहासचिवको लागि भिडिरहेका छन् ।
उनीहरु तीन जना माधव नेपालका उम्मेदवार हुन् । जगन्नाथ खतिवडा उपाध्यक्षमा भिड्न लागेपछि लक्ष्मण केसीलाई सहज भएको छ ।
विजय पौडेल पनि उपाध्यक्षका लागि निवेदन लिएर बसेका छन् । तर उनलाई केन्द्रीय सदस्यहरुले मन पराउन छाडेकाले संभावना कम रहेको बताइन्छ ।
प्रकाश ज्वाला पनि उपाध्यक्षमा उक्लेका छ्न् । तर उपाध्यक्षमा प्रतिस्प्र्धीहरु धेरै रहेको बताइन्छ । सबै विवरण आइसकेको छ ।
सोमबार दिनभर सहमति जुट्न नसकेपछि अहिले बिहान मनोनयन भएको हो । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृत माधव पौडेलले बताए ।
पाण्डेले कुनै पनि हालतमा वरिष्ठ उपाध्यक्ष नछाड्ने बरु निर्वाचन गरेमा आफूले जितेर देखाइदिने बताउँदै आएपछि माधव नेपालले बस्नेतलई अघि सारेको बताइन्छ ।
आज दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदान हुने र ६ बजेदेखि मतगणना थालिने जनाइएको छ ।
यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाललाई सर्वसम्मत चयन गरेको थियो ।
मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्ने छ ।