arrow

संसदमा प्रचण्डको सम्बोधन

प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
prachanda-81-5-11o.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् । सो क्रममा उनले आफू अब सत्ताको खेलमा नलाग्ने उद्घोष गरे । 

योसँगै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताए । प्रचण्डले अब जनताका काम गरेर आगामी चुनावमा एक नम्बरको पार्टी बनेर देखाउनेसमेत बताए । त्यतिमात्र होइन कांग्रेस र एमालेलाई सत्ताको लोभमा नफसाउन आग्रह गर्दै चुनावसम्म मिलेर जान पनि आग्रह गरे । 

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भने प्रश्नैप्रश्न तेर्स्याएका छन् । विशेष गरी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन् ।

उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याविनेटबाट निर्णय गराउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’

३१ बैशाख, २०७५ मा ट्रंकलाइन र डेडीकेटेड लाइनको विषयमा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् लिई महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न शुरु गरेको स्मरण गराउँदै उनले थपे, ‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीन तीन जना मन्त्री र सचिव सहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली । त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री  केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’

उनले मन्त्रिपषिद्बाट २२ अर्ब उठाउने निर्णय नगरे ओलीको नियत पनि प्रष्ट हुनेसमेत बताएका छन् । 

यस्तो छ उनको सम्बोधन–


 



नयाँ