arrow

भाषण होइन काम गर्नुस्

धेरै नबोल्न प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
susasan-samiti-05-11.jpg

काठमाडौँ ।  संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई  काममा बढी ध्यान दिन निर्देशन दिएको छ । मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो । 

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भाषण भन्दा पनि काम गर्न आग्रह गरिन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन् । 

उनले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताइन् । उनले संसदीय समितिहरूको पनि कानून बनाउने तर कार्यान्वयन भए÷नभएको निगरानी नगर्ने कमजोरी रहेको बताइन् ।

उनले भनिन्,‘कृषिमा आधारित उद्योगहरू बढाउने विषयमा कमजोर भयौँ । कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउनु पर्‍यो । सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ । प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरूलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस् अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरूको भाषण सुनेर दिक्क भएका छन् । समितिहरूका कमजोरीहरू पनि छन् । विधायकी भूमिकामा बस्नेहरूको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानून हो । धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्‍यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ