arrow

सांसद शर्माको केएमसीको टोली शान्तिनगरमा, निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
kmc-81-5-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मंगलबार राजधानीको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

एमिल एकेडेमी इन्टरनेशनल स्कूलको आयोजनामा स्कूलको प्राङ्गणमा भएको शिविरमा ६७८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये १०५ जनाको भिडियो एक्सरे, ६८ जनाको ईसीजी, ११८ जनाको ल्याब परीक्षण गरिएको थियो । 

२८ जनाको दाँत निकालिएको थियो । बिरामीमध्ये ४२ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ