arrow

यी हुन् नेकपा एसका उपाध्यक्ष र उपमहासचिवमा निर्वाचितहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
ncp-united-81-5-11-r.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्षमा डा गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१(, प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी भएका छन् । 

उपाध्यक्षमा निर्वचित जोशी बाहेक तीनै जना अध्यक्ष माधवकुमार नेपाल निकट नेता हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्तीदेवी राई विजयी भएकी छिन् भने रामकुमारी झाँक्री पराजित भएकी छन् । नेपाल पक्षले आफू निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो ।

त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । 

चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ