arrow

नेकपा एसमा गुट छरपष्ट, पराजित हुने प्रायः असन्तुष्टहरू, भविष्य संकटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
ncp-united-81-5-10.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनबाट माधवकुमार नेपाल पक्षका नेताहरू निर्वाचित भएका छन् । 

मंगलबार साँझ भएको निर्वाचनको मतगणनाबाट नेपाल पक्षका नेताहरू निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका घनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुषाललाई वरिष्ठ नेता बनाउने सहमति भएको छ । उनीहरू माधव नेपाल समूहका नेताहरू हुन् ।

एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भए । 

यसअघि दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । 

केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भए पनि त्यो सम्भव नभएपछि निर्वाचन भएको हो । 

नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको थियो । अध्यक्ष नेपाल पक्षले पदाधिकारीहरूमा जिताउनुपर्ने नेताहरूको नामावली (चिट) बाँडेको थियो । 

सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम हटाइएको राखिएको थियो । उनी पराजित भएकी छिन् । यो पदमा झाँक्री र जयन्तीदेवी राईको प्रतिस्पर्धा थियो । जसमा राई निर्वाचित भइन् । 

मधेसी समुदायको उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ । झाको प्रतिस्पर्धामा धर्मेन्द्रप्रसाद साह थिए । जसमा साह निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षहरूमा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशीले जितेका छन् । उपाध्यक्षमा डा गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), भानुभक्त जोशी (१५६) र प्रकाश ज्वाला (१४५) विजयी भएका छन् । ज्वाला फरक कित्ताबाट विजयी भएका हुन् ।

माधव नेपाल पक्षको चिटमा डा.विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाइएको थियो । पछिल्लो पटक ज्वाला र पौडेलसँग नेपाल असन्तुष्ट रहेका छन् । 

चार उपमहासचिवमा मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यस्तै रामकुमार खड्का र गरिमा शाहले समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएर विजयी भएका छन् । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

७ सचिवमा चन्द्रबहादुर शाही, सावित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, टोकबहादुर वाइवा र कृष्ण नेपाली विजयी भएका छन् । 

वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका भएका हुन् । ५ खुला सचिचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।

जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न । 

पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वाला बाहेक कोही पनि परेका छैनन । 

माधव नेपालको सूचीमा नपरेका अर्का साह पनि निर्वाचित भएका छन् । पूर्व एमाले हुँदै माओवादीबाट नेकपा एसमा आएका झा उपाध्यक्षमा पराजित भएका छन् । 

मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगत राजनीति छरपष्ट भएपछि यो पार्टीको भवष्यमाथि कालो तुवाँलो लागेको एक केन्द्रीय सदस्यको भनाइ छ । 

अहिले पराजित हुनेहरू प्रायः एमालेमा फर्कनका लागि प्रयास गरिरहेकाहरू परेको पनि उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ