arrow

नदी तर्ने क्रममा खसेर मोटरसाइकल चालक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
accident-final.jpg

जुम्ला । जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् ।

जिल्लाको पातारासी गाउँपालिका-४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर मोटरसाइकल चालक सोही गाउँपालिका-७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

आज बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क१प १८२० नम्बरको मोटरसाइकल नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता को जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

साेही मोटरसाइकलमा सवार पातारासी गाउँपालिका-७ रिनीका का २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको सूचना अधिकारी चन्दले बताए । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ