arrow

त्रियुगा नदीमा मूर्ति सेलाउन गएका रोहनको डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
saptari-district.png

सप्तरी । सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयकानुसार सप्तकोशी नगरपालिका-२, पसार्हाका २२ वर्षीय रोहन राजधामीको नदीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयवासीसँगै सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकामा स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ