arrow

बँदेलसहित पक्राउ परे पूर्वडीआईजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
boar_3023393b.jpg.jpeg

सप्तरी । प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । 

न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरतत छन् ।

पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागचिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३-०१-०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको समेत जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ