arrow

द्वन्द्वकालमा सेल्टरको रूपमा प्रयोग भएको घरमा बिहीबार विष्फोट, एक बालिकाको मृत्यु, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
granade-explode-81-5-13.jpg

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी एक जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिकामध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो।

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रिफर गरिएको छ ।

त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो। सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ । 

माओवादीको द्वन्द्वकालमा यो घर सेल्टरको रुपमा प्रयोग भएकोले त्यति बेलाकै ग्रिनेड हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ