arrow

माछापुच्छ्रे बैङ्क र बिगमार्टबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
mbl-big-mart-mou.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क  मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि)बीच डिजिटल कारोबारलाई प्रवर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ। सम्झौता पश्चात् देश भरि रहेका बिग मार्टका आउटलेट हरू बाट माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले बैङ्कले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरू प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधाहरू पाउनेछन्।

यसै बीच बैङ्कले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार  बैङ्कको डेभिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ।

माछापुच्छ्रे बैङ्क लिमिटेडले देशभर रहेका ३०० भन्दा बढी विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसाय सँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा  ग्राहकहरूलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने सङ्घ संस्थाहरू लाई व्यापार प्रवर्द्धन मा सघाउ पुग्दै आइरहेको छ।

साथै बैङ्कले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यका साथ ग्रिन बैङ्किङ लाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन  तथा सेवाहरू सञ्चालन गरिरहेको छ।

माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैङ्किङ सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ