arrow

सांसद शर्माको केएमसीको टोली सूर्यविनायकमा, निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
kmc-81-5-14.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सूर्यविनायक नगरपालिका ५ को सामुदायिक भवनमा भएको शिविरमा ४६८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये ७२ जनाको भिडियो एक्सरे, ५८ जनाको ईसीजी, ९८ जनाको ल्याब परीक्षण गरिएको थियो । 

१८ जनाको दाँत निकालिएको थियो । बिरामीमध्ये २३ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ