arrow

ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
accident-final.jpg

कैलाली । कैलालीमा गएराति सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नं २ भन्साररोडका २९ वर्षीय कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली प्रहरीका सूचना अधिकारी डीएसपी कबीन्द्रसिंह बोहोराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २५ वर्षीय भूपेश पाल घाइते भएको र उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको डीएसपी बोहराले जानकारी दिए ।

थापाको शव जिल्ला अस्पतालमा राखिएको छ । ट्रक र चालक बझाङको वित्थडचिर गाउँपालिका वडा नं २ का भरत बोहोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ