- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ढिला गरी शुरु भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक पदाधिकारीहरुको बैठक चलेका कारण दुई घण्टा ढिलाइ भएको हो ।
बैठकले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनलाइ परिमार्जनसहित केन्द्रीय समितिमा पेस गरी पारित गर्ने तयारी भएको छ ।
यसअघि शनिबारकै पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको थियो ।
बैठकले सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने जनाइएको छ । प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ ।
गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।