arrow

कांग्रेस-एमालेबीच सहकार्य र प्रतिस्पर्धाको स्पष्ट सीमांकन गर्नुपर्छ – बद्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
congress-meeting-badri.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पार्टीलाई एक ढिक्का गराएर लैजान जरुरी रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पाण्डेले माथिदेखि तल्लो तहसम्म मतभेद भएकाले त्यसलाई हटाएर पार्टी पुनःनिर्माण गर्ने दिशामा सांगठनिक भएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् । 

उनले महाधिवेशनका बेलामा मात्र क्रियाशील सदस्यता बनाइने कदमले विवाद निम्त्याउँदै आएको भन्दै अब क्रियाशील सदस्यता नवीकरण र वितरण महाधिवेशन भन्दा अगाडिको वर्षमै गर्नेसमेत बताए । 

उनले महाधिवेशन हुने वर्ष र संसदीय चुनावको वर्ष एकैपटक हुने गर्दा त्यसको असरले पार्टी कमजोर हुँदै जाने भन्दै २०८४ को चुनाव भन्दा अगाडि नै महाधिवेशन गरी सोहीअनुसार विवादरहित तरिकाले चुनावमा होमिन सकिने बताए । 

सहमहामन्त्री पाण्डेले एमालेसँग मिलेर सरकार बनाउनु आफैँमा जोखिम भएको भन्दै ८४ को चुनावको व्यवस्थापन र त्यतिन्जेलको सत्ता संचालनको सहकार्य मिलाउनु पर्ने बताए । 

दुवै दलबीच आपसी भिडन्त नै हुने भएकाले ८४ मा पुग्दा नपुग्दै सहकार्य पनि सँगसँगै जानुपर्ने भएकाले खुकुरीको धारमा हिँडिरहेकोसमेत सहमहामन्त्री पाण्डेले स्पष्ट पारे । 

उनले तलका द्वन्द्वलाई कसरी व्यवस्थापन गर्दै जाने भनेर गम्भीर भएर सल्लाह गरेर जानुपर्नेसमेत बताएका छन् । सहकार्य र प्रतिस्पर्धाको स्पष्ट सीमांकन दुवै पार्टीले गर्नुपर्ने उनले बताए । 

एमाले र कांग्रेसबीच जुनसुकै क्षेत्रमा भएका असमझदारी हटाउनु पर्नेमा उनको जोड हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ