arrow

समितिमा भारतका लागि प्रस्तावित राजदूत

ईपीजी र सीमाको विषय मेरो लेभलभन्दा धेरै माथि गइसक्यो- प्रस्तावित राजदूत शर्मा [भिडियो]

नेपालले ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
shankar-sharma-india.jpg

काठमाडौँ । भारतका लागि प्रस्तावित राजदूत डा. शङ्कर शर्माले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) र सीमाको राजदूत तहमा छलफल गर्ने विषय नभएको बताएका छन् । आइतबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदुत समेत रहेका उनले ईपीजी र सीमाको विषय आफूहरूको लेभलभन्दा माथि गइसकेको टिप्पणी गरे । 

८ वटा भन्दा उच्चस्तरीय भेटघाट भइसकेकाले ती दुवै विषय राजदूतको लेबलभन्दा धेरै माथि गइसकेको प्रस्तावित राजदूत शर्माको स्पष्टीकरण थियो । उनले नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत राखे । ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिइरहे आर्थिक सहकार्यका अरू कामहरू अघि नबढ्ने आफूलाई लागेको पनि प्रस्तावित राजदूत शर्माको बुझाई थियो । उनले दुई मुलुकबीचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताए ।
 
प्रस्तावित राजदूत शर्माले भने, ‘चाहे ईपीजीको कुरा होस, चाहे बाउण्ड्रको कुरा होस् । किनभने ईपीजी र बाउण्ड्री भन्ने कुरा मेरो लेबलभन्दा धेरै माथि गइसक्यो । मैले अघि नै भनेँ–८ वटा हाईलेवलको भिजिट भइसक्यो । तर त्यो हुँदाहुँदै पनि ईपीजी भित्रका हामी के गर्न सक्छौ त ? त्यो कुराहरू हामी गरौँ न । त्यसैमा मात्रै किन अड्केर बसौँ ? त्यहाँ अड्केर बस्ने हो भने हामी अरू इकोनोमिक कोअपरेशनका कामहरू पनि गर्न सक्दैनौँ होला भनेर मैले त्यसलाई पनि पुस गर्दै जाने हो । तर त्यहाँ भएका सीमाका डिफिकल्टिजहरु । यी कुराहरूलाई पनि एक एक गरेर गरौँ भन्ने मेरो चाहिँ उद्देश्य त्यही नै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ