arrow

बाल शोषण गरेकी प्रदेश सांसदलाई कहिले समाउने भन्दै बालेनले गरे ओलीलाई प्रश्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
walendra-sah-balen-81-2-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारबाही नगरेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले विगत ८ वर्षदेखि कैदी बनाएर एक नाबालिकालाई घरेलु कामदार बनाएर राखेको भन्दै सरकारले पक्राउ नगरेको उल्लेख गरेका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेखा शर्मालाई कहिले समाउने भन्दै प्रश्न गरेका छन् ।

बालेनले भनेका छन्, ‘वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा  चलाउ भनेर भनिसकेको छ ।

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ ।  सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?  कि नसमाउने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ