arrow

प्रधान अमेरिकामा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
shantalal-pradhan-died-usa.jpg

काठमाडौँ । अमेरिकाको मेरिल्यान्डमा नेपाली युवा मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् ।  उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ । मृत्युको कारण पत्ता नलागेको बताइएको छ । 

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् ।

त्यस्तै भर्जिनियामा ममता काफ्लेको उनकै पतिले हत्या गरेका थिए । उनका पति पक्राउ परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ