arrow

प्रहरीले लियो रवि लामिछानेसँग बयान, प्रहरी मुख्यालयले किन राख्यो गोप्य ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
ravi-basanta-kunwar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा उनीसँग कास्की प्रहरीले एक साताअघि बयान लिएको हो । 

लामिछानेसँग बयान लिएको विषयलाई प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । सरकार छाडेको दुई महिना नपुग्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको भए पनि यसलाई गोप्य राखेको हो । 

प्रहरी प्रधानकार्यालय स्रोतले दिएको जानकारी अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, विपिन कर्माचार्य र छविलाल जोशीसँग बयान लएको हो ।


स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौँ आएर पूर्व गृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन कर्माचार्य र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसँग बयान लिएको भए पनि यसलाई गोप्य राखिएको छ ।

लामिछाने आफैँ पनि निकै पारदर्शी रहेको भनेर भाषण गरे पनि कहीँ कतै प्रहरीले आफूलाई बयान लिएको भनेर भन्ने आँट गर्न सकेका छैनन् ।

लामिछाने दोस्रो पटक गृहमन्त्री हुनुअघि २०८० माघ २२ गते दिएको जाहेरीको आधारमा प्रहरीले बयान लिएको हो । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममासमेत ऋण लिएको भेटिएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । उनी गृहमन्त्री हुँदासम्म प्रहरीले जाहेरी अघि बढाउन सकेको थिएन ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७८ असार २२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम लामिछानेको खाताका ऋण फर्छयौट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिएको थियो ।

त्यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा भएको खातामा मिति २०७७ असोज ११ मा १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७८ वैशाख ५ मा १ करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८असार ४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको थियो ।  सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७७माघ २९ मा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको थियो । यो सबै विवरणमा आफू संलग्न नभएको भन्दै जीबी राइलाई थाह होला भनेर सहकारी ठगी सम्बन्धी उच्चसतरीय छानवीन समिति समक्ष पन्छिएका थिए ।

यसैगरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र मिति २०७८असार ९ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको थियो  ।

त्यतिबेला पनि उनी त्यही सञ्चालकको रुपमा थिए । २०७८ असार ३१ मा लामिछानेकै नाममा नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेका थिए ।  

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा लामिछानेको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण रकम रु. १ करोडको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,००० र दोस्रो वर्षको ब्याज रु. १६,१३,७३० समेत गरी जम्मा रु. १ करोड ३० लाख ८९ हजार मिति २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको थियो  ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ