arrow

देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिष्टहरूको हात- उपेन्द्र यादव

मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
jasapa-upendra-81-4-31.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित एक कार्यक्रममा उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । 

उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए । उनले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे । 

उनले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजीमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजीमा बाहिरिएका छन् । गाउँमा युवाहरु भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरू नै हुन् । सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरू नै हुन् । नेपाली कांग्रेस र कम्युनिष्टहरु नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको हो ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ