arrow

एनआईसी एसिया बैङ्क पिसिआई-डीएसएस ४.० संस्करणमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
nic-asia-bank-re-certification-pic-dss-v4-version.jpg

काठमाडौँ। एनआईसी एसिया बैङ्कको कार्ड प्रयोगकर्ताहरूको डाटा सुरक्षा अझ बढी मजबुत हुने गरी यस बैङ्क पिसिआई-डीएसएस ४.० भर्सनमा स्तरोन्नति भएको छ। बैङ्कले आफ्नै ईएफटी स्विच सञ्चालन गरेको दोस्रो वर्षमै पिसिआई-डीएसएस ३.२.१ भर्सनबाट पिसिआई-डीएसएस ४.० भर्सनमा स्तरोन्नति भएको हो। यस स्तरोन्नतिसँगै यस बैङ्कका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बन्ने बैङ्कले जनाएको छ।

बैङ्कले सन् २०२३ देखिनै एटिएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्विचद्वारा सञ्चालन गर्दै आएको छ। बैङ्कले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भिसा र मास्टर कार्ड) छन्, जुन कार्डहरू नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ। त्यसै गरी, एटिएम, पीओएस तथा ईकमर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भिसा, मास्टर कार्ड, चाइना युनियन पे स्वीकार गर्दछ।

यसै सन्दर्भमा बैङ्कले कार्ड प्रयोगकर्ताहरूको डाटाको पूर्ण सुरक्षा सुनिश्चितको लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ। आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्र रूपमा मूल्याङ्कन गर्नका लागि बैङ्कले प्यानासिया इन्फोसेक प्रालिलाई नियुक्त गरेको थियो।

यसैको फलस्वरूप, आफ्नै ईएफटी स्विचको सुरुवात गरेसँगै बैङ्कले पिसिआई-डीएसएस  ३.२.१ भर्सनको प्रमाणपत्र प्राप्त गर्न सफल भएको र यस स्विच सुरुवात गरेको दोस्रो वर्षमै पिसिआई-डीएसएस ४.० संस्करणमा स्तरोन्नति भएको छ। यस पुनः प्रमाणीकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैङ्क निरन्तर प्रयास र प्रतिविद्धतालाई स्वतन्त्र रूपमा प्रमाणित गर्नुका साथै बैङ्कले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरू समक्ष स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ