arrow

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
accident-final.jpg

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-२ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्र्याक्टर दुर्घटनामा परी चैनपुर-२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

चैनपुरको सिद्धपोखरी-नुनढाकी सडकखण्डमा खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १-०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ