arrow

विष्णुमतिले पार गर्‍यो जलसतह, स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
bishnumati-river-ktm.jpg

काठमाडौँ । काठमाडौँको विष्णुमति नदीले जलसतह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार रातिसम्म नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

“विष्णुनदीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भइ बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

त्यसैगरी सिन्धुलीको कमलानदी रानीबासस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेको उल्लेख गर्दै विभागले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरुमा रहनेलाई बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आज कोशी, बागमती र गण्डकी प्रदेश भइ बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । साथै  आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने र राति कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ